काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शीर्ष नेतृत्वबीच समसामयिक राजनीतिक विषय तथा सरकार गठनसम्बन्धी सम्भावित परामर्शलाई केन्द्रमा राख्दै भेटघाट भएको छ।
भेटमा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए। काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको रोयल सिंगी होटेल मा बिहीबार साँझ उक्त छलफल भएको बताइएको छ।
उक्त बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति तथा सरकार गठनसँग सम्बन्धित विषयहरूमा प्रारम्भिक छलफल भएको जनाइएको छ। उपसभापति वाग्लेले सामाजिक सञ्जालमार्फत भेटघाट भएको संकेत गर्दै समूह फोटो सार्वजनिक गरेका थिए।
पार्टीभित्रका अन्य गतिविधिअनुसार, रास्वपाले यसअघि मंगलबार र बुधबार नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रमको उद्घाटन उपसभापतिद्वय अर्याल र वाग्लेले गरेका थिए भने समापन सभापति लामिछानेले गरेका थिए।
त्यसैबीच, वरिष्ठ नेता बालेन्द्र शाह भने सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी नभएको जनाइएको छ। पार्टीका नेताहरूका अनुसार उनी स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित भएका हुन्।
रास्वपा नेतृत्वबीचको पछिल्लो भेटलाई पार्टीभित्रको समन्वय, नीति-रणनीति र आगामी राजनीतिक दिशाबारे आन्तरिक छलफलको निरन्तरता रूपमा लिइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०८२, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने
रास्वपाको नवनिर्वाचित सांसदलाई अभिमुखीकरण, यस्तो छ कार्यतालिका
रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध
समानुपातिक सूचीप्रति रास्वपा कोशी कार्यवाहक अध्यक्षको असन्तुष्टि
रास्वपाका नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिइने
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस