काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने बताएका छन् । काँग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने तय भएको छ ।
बिहीबार उपसभापति शर्माले सभापति थापाको राजीनामाबारे एक्समार्फत प्रतिक्रिया दिँदै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने बताएका हुन् ।
‘नैतिक जिम्मेवारी लिन्छु भन्नु सकारात्मक हो । तर यति बेलाको प्रमुख नैतिक दायित्व भनेको स्थिति सम्हाल्नु हो,’ शर्माले लेखेका छन्, ‘बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्रमाथि छलफल र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरिनेछ ।’
डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत नहुने उपसभापति शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०८२, २० : १२
लेखकबाट थप