ग्रामीण सडक निर्माणसंगै चहलपहल बढ्दै

पत्रपत्रिकाबाट

शनिबार, ३० कार्तिक २०७६, ०७ : ४७
ग्रामीण सडक निर्माणसंगै चहलपहल बढ्दै

रसुवा । जिल्लाको ग्रामिण बस्तीहरुमा सडक सञ्चालनले जोडिएपछि चहल–पहल बढदै गएको छ । स्थानिय तहको निर्वाचन सम्पन्न भएपछि स्थानिय सरकारले विकासको मेरुदण्ड सडक निर्माण लाई पहिलो प्राथमिकता दिएकोले पनि अहिले गाउँ–गाउँमा मोटर जान थालेपछि परम्परागत रुपमा भारी बोक्ने डोको नाम्लोको प्रयोग भने हराउदै गएको छ ।

नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पु साङवो घलेका अनुसार उक्त गाउँ पालिकामा ६४ कि।मि।ग्रामिण सडक निर्माण भै सकेको र बाहै्र महिना सञ्चालन गराउन खोला तथा खोल्चाका पुल र कल्भर्ट निर्माण को प्रकृया अगाडि बढि रहेको छ ।भौगोलिक विकटताले बढि भारि बोक्ने यार्सा क्षेत्रका वासिन्दा माझ गाउँ घरमा मोटर गुड्न थालेपछि परम्पराको डोको नाम्लो प्रयोग गर्ने प्रचलन हट्दै गएको र पोको पारेर मोटरमा राख्ने कार्य अगाडि बढिसकेको छ ।

वि।सं।२०४२ सालमा नुवाकोटको त्रिशुली बाट सोमदाङ सम्म १०५ कि।मि।सडक निर्माण भएपछि सदरमुकाम सम्म केन्द्रित बस सेवा अहिले गाउँ गाउँमा समेत केन्द्रित भएका छन् ।पासाङ ल्हामु राजमार्ग मा पर्ने बेत्रावती देखी डाडागाउँ ठुलोगाउँ, सिम्ले– भोर्ले, पारच्याङ, यार्सा, धारापानी, रुपसेपानी, भदौरे, कालिकास्थान, जिवजिवे, सरसिंउ, आरुखर्क,ठुलोभोर्ले,चित्ति, लोकिल, लाङबु, सिङबन्दी, थाङदोर,मनिगाउँ एवम उत्तरी रसुवाको ठुलोस्याफ्रु, बृद्धिम, थुमन ,ग्रे समेतका सवारी साधन जान थालिसकेको र कति पय स्थानमा नियमित बस सेवा सञ्चालन मा आइसकेको छ ।बर्षा को समय असार साउन र भदौ मा भने ग्रामिण सडक पुर्ण रुपले बन्द हुने गर्दछ ।

बर्खाको समय सकिए लगतै ग्रामिण सडकमा मालबाहक गाडी गुडन थालेपछि र बेत्रावति देखी मैलुङ हुदै रसुवागढी तर्फ सवारी साधन गएपछि सदरमुकाम धुन्चे थर्फको राजमार्ग सुनसान हुदै गएको छ ।बस ,टाटासुमो जिप लगाएत नियमित चल्ने सवारी साधन र गोसाइकुण्ड जाने आन्तरिक तथा बाहय पर्यटक बोकेका बाहेक अन्य सवारी साधन र कार्य गर्ने मानिसहरु आवतजावत गर्न सुनसान भएपछि सदरमुकाम धुन्चेमा व्यापार व्यवसाय मा समेत मन्दी हुदै गएको स्थानीय युवा राहुल झाले बताए ।

बर्षा सकिए लगतै सदरमुकाम भन्दा रसुवागढी ,स्याफ्रुबेशी लगाएत ग्रामिण भेगमा बढी चहल पहल हुदै आएको छ ।स्थानिय तहको चुनाव अघि सदरमुकाम बढी नै थियो ।तर अहिले आफुले कम्पयुटर लगाएत छापाखाना सम्बन्धी कार्यको व्यवसायी भएको र ग्राहकहरुको आगमन अत्यन्तै न्युन रहेको ले व्यवसाय सञ्चालन गर्न भाडा तिर्न समेत धौ धौ पर्न थालेको व्यवसायी क्षितिज झा ले बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।