ओलीको सचिवालयबाट कुन्दन र अच्युत फालिए, विवादास्पद अलि असगर भने यथावत, मुख्य सल्लाहकारमा रिमाल नै

सफल खबर संवाददाता

शुक्रबार, २९ कार्तिक २०७६, १० : १६
ओलीको सचिवालयबाट कुन्दन र अच्युत फालिए, विवादास्पद अलि असगर भने यथावत, मुख्य सल्लाहकारमा रिमाल नै

काठमाडौं । गत शुक्रवार प्रधानमन्त्रीका सचिवालयका सबै १३ जना सदस्यको सामुहिक राजीनामा मागिएको विषयले राजनिति तरंगित भयो । प्रधानमन्त्री ओलीले क्याबिनेट लगायत सबै क्षेत्रको रिर्फमका लागि राजीनामा मागिएको र सहजताका लागि सचिवालयका सदस्यहरुले पनि दिएको बताएका थिए । तर प्रधानमन्त्री ओलीको सचिवालयका मुख्य विवादित ब्यक्तिहरु भने फेरि पनि सचिवालयमा यथावत नै दोहोरिएका छन् ।

ओलीले सामुहिक राजीनामा मागेपनि प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भटटराईले राजीनामा दिएका थिएनन् । अन्य ११ जनाले भने राजीनामा दिएका थिए । राजीनामा दिएकाबाट प्रेस सल्लाहकार कुन्दन अर्याल र जनसम्र्पक सल्लाहकार अच्युत मैनाली, विकास मामिला विज्ञ डा. घनश्याम भट्टराई मात्र बालुवाटारबाट बिदा हुने भएका छन् । पार्टी भित्रै निकै आलोचना भईरहेका मुख्य सल्लाहकार रिमाल, राजन भटटराई र अलि असगर भने यथावत नै रहने निर्णयमा बालुवाटार पुगेको स्रोतले बतायो ।

यसको निर्णय प्रधानमन्त्रीले गरिसकेको र आज बेलुकीको क्याबिनेट बैठक पछि बिदा गर्ने तयारीमा प्रधानमन्त्री रहेको बालुवाटार श्रोतले वतायो । अहिले मिडिया मैत्री रहेका चेतन अधिकारी लगायतलाई हटाउन खोजिएको छ । सचिवालयबाट हट्नेहरुमा कुन्दन अर्याल, अच्युत मैनाली, चेतन अधिकारी, घनश्याम भटटराइृ, कृष्ण पौडेल र उदय पोखरेल छन् । प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, स्वकीय सचिव राजेश वज्राचार्य, सूचना सम्प्रेषक रामशरण बजगाई, दिपेन्द्र दाहाल र होम थापा भने सचिवालयमा नै रहने भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस