काठमाडौँ । नेत्रविक्रम चन्द समूहका एक विद्यार्थी नेताले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् । पार्टीको नीति राम्रो नभएको भन्दै ईश्वरपुर नगरपालिका–५ नरेशखोरका २२ वर्षीय राजीव महतोले आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।
आत्मसमर्पण गर्न जिल्ला प्रशासन कार्यालय पुगेका महतोले पार्टीको क्रियाकलाप चित्तबुझ्दो नभएपछि समूह परित्याग गरेको बताउनुभयो । एक वर्षदेखि चन्द समूहको विद्यार्थी सङ्गठनको जिल्ला सदस्य भएर काम गरेको महतोले बताउनुभयो । “पार्टीको क्रियाकलापप्रति चित्त नबुझेकाले आत्मसमर्पण गरेका छौँ, चन्द समूह परित्याग गरे पनि तत्कालै कुनै पार्टीमा प्रवेश गर्दैनौँ”, महतोले भन्नुभयो । आत्मसर्पण गरेका महतोसँग आवश्यक कानूनी प्रक्रिया पु¥याई छोडिएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २७ कार्तिक २०७६, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह