काठमाडौं। सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ ।
भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका नेता कार्यकर्ता समेत सीमा अतिक्रमण विरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका सो समूहका नेता कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ समेत गर्न थालेको छ । आइतबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागी विद्यार्थी सहित नेता कार्यकता गरी प्रहरीले २० जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये एक जना भने गत जेठमा भएको बसुन्धारा विस्फोट प्रकरणका फरार प्रतिवादी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अछामको पञ्चदेवल गाउँपालिका–२ का छत्र कार्की बसुन्धारा विस्फोट प्रकरणका फरार प्रतिवादी हुन् । १३ जेठमा आह्वान गरिएको नेपाल बन्दको पूर्वसन्ध्यामा अनामनगर र बसुन्धारामा भएको ‘आत्मघाती’ विस्फोटमा परेर चार जना विप्लव समूहका कार्यकर्ताको ज्यान गएको थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २६ कार्तिक २०७६, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, तीन सदस्यीय कार्यदल गठन
पश्चगमन र यथास्थिति अहिलेको समाधान होइनः विप्लव
गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव छैन: विप्लव
कालिकोट पुगेर विप्लवले गरे भेडा फर्म उद्घाटन
एमसीसी स्थगित गरेकोमा विप्लवले ट्रम्पलाई दिए धन्यवाद
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय