काठमाडौं । नेपालमा विवादित वनिरहेको अमेरिकाको इण्डो प्यासिफिक रणनीतिका बारेमा फेरि अमेरिकाले आफनो धारणा सार्वजनिक गरेको छ ।
अमेरिकाको ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ (एमसीसी) प्रस्ताव नेपालको संसदमा अझै प्रस्ताव अनुमोदन हुन नसकेको र निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रस्ताव अनुमोदनमा मर्यादा विपरीत काम गरेको प्रधानमन्त्री केपी ओलीकै सार्वजनिक असन्तुष्टि आइरहेका बेला अमेरिकाले इन्डो प्यासिफिक रणनीतिमा नेपाललाई जोड्दै थप धारणा सार्वजनिक गरेको छ ।
नोभेम्बर ४ मा यो अमेरिकाको विदेश मन्त्रालयले उसको इन्डो प्यासेफिक रणनीतिको प्रगति विवरण प्रतिवेदन सार्वजनिक गर्दै नेपालका विषयमा पनि धारणा बनाएको हो । यस अगाडि यस्ता प्रतिवेदन अमेरिकाको रक्षा मन्त्रालयले जारी गदै आइरहेको थियो ।
तर अहिले रक्षाको साटो विदेश मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो । पछिल्लो सार्वजनिक प्रतिवेदनमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १८ डिसेम्बर २०१८ मा वाशिङटनमा अमेरिकी विदेश मन्त्री माइक पम्पेओलाई भेटेको तस्बिरसमेत राखेको छ ।
नेपालमा इन्डो प्यासेफिक रणनीति अमेरिकी सुरक्षा छाताभित्र राखेर आएको भन्दै सत्तारुढ दल नेकपाभित्रै यो रणनीतिका विरुद्ध जनमत बलियो छ । ‘स्वतन्त्र र खुला इण्डो प्यासिफिक’ भन्ने नाम दिइएको यो प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इण्डो प्यासिफिक मामिलाको विषयलाई मुख्य प्राथमिकतामा राखेर चर्चा गरिएको छ ।
दक्षिण एशियामा श्रीलंका, बंगलादेश, माल्दिभ्समा समुद्री क्षेत्रमा कोस्ट गार्डलाई तालिममा सहयोग गरिएको जनाउँदै अमेरिकाले सञ्चार, मानव तस्करी रोक्न र अवैध माछा मार्ने कार्य र लागूऔषध कारोबार रोक्ने तथा प्राकृतिक विपत्तिमा सहयोगजस्ता कार्य पनि भएको जनाएको छ ।
उसले संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यका लागि बंगलादेश र नेपाललाई आवश्यक सहयोग गरिएको उल्लेख गरेको छ । विगतमा पनि उसले दक्षिण एशियामा श्रीलंका, नेपाल, बंगलादेश र माल्दिभ्ससँग ‘इमर्जिङ्ग पार्टनरसिप’को पहल भएको वताएको थियो ।
रिपोर्टमा अमेरिकाले यो क्षेत्रमा निरन्तर रुपमा लगानी गर्ने, कुरा मिल्ने देशहरुसँग मिलेर आपसी क्षमता अभिबृद्धि गर्ने, असुरक्षा हटाउन लगानी गर्ने समेत रणनीतिमा राखिएको जनाइएको छ । यो क्षेत्र शान्त, बैभवयुक्त र आगामी दशकहरुमा सुरक्षित पार्ने नै आफ्नो उद्देश्य रहेको अमेरिकी रक्षा मन्त्रालयको पहिलेको रिपोर्टमा उल्लेख थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ कार्तिक २०७६, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध