काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले मंसिर २४ गतेबाट विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। जारी बैठकमा बोल्दै केन्द्रीय समितिबाटै बैठक आह्वान गर्न माग गरे।
छोटो समयमा महाधिवेशन गरेर चुनाव तयारीका लागि प्रशस्त समय दिएको लागि विशेष महाधिवेशनको विकल्प नभएको बताए।
उनले बैठकमा भने, ‘चुनावलाई पहिलो प्राथमिकता बनाएर जानु सत्य हो, यो सबैका लागि विधानमा व्यवस्था भएको १७ ९२० अनुसार मंसिर २४ गते जुन दिन मंगलादेवी सिंहको जन्मजयन्तीदेखि सुरु हुने गरी विशेष महाधिवेशन आयोजना गरौँ।’
विशेष परिस्थितिमा विशेष महाधिवेशन हुने कुरा विधानले प्रष्ट भनेको बताए। केन्द्रीय समितिले आवश्यक ठानेर विशेष महाधिवेशन आह्वान गर्न सिंगो केन्द्रीय कार्यसमितिलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
कांग्रेस बैठक बिहीबार पनि बस्ने
निर्वाचन र संसद् पुनर्स्थापना दुवैमा खुला हुनुपर्ने काँग्रेस बैठकमा सुझाव