वासिङ्टन । अमेरिकाले लागुऔषध तस्करी नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्तावो पेट्रोमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले एक विज्ञप्ति जारी गर्दै भने, ‘राष्ट्रपति पेट्रोले लागुऔषध कार्टेलहरूलाई फस्टाउन दिए र यो गतिविधि रोक्न अस्वीकार गरे।’
प्रतिबन्धहरू कोलम्बियाका आन्तरिक मामिला मन्त्री आर्मान्डो बेनेडेट्टीका साथै राष्ट्रपति पेट्रोकी पत्नी र जेठा छोरामाथि पनि लगाइएको छ। यस अन्तर्गत उनीहरूले अमेरिकामार्फत सम्पत्ति वा पहुँच राख्न पाउने छैनन्।
कोलम्बिया कुनै समय वासिङ्टनको लागूऔषधविरुद्धको युद्धमा एक नजिकको सहयोगी थियो र यसले वार्षिक रूपमा करोडौँ डलर सैन्य सहायता पाउँथ्यो। तर, ट्रम्प सत्तामा फर्किएपछि पेट्रो र उनको प्रशासनसँग अमेरिकाको बारम्बार टकराब भइरहेको छ।
बेसेन्टले भने, ‘पूर्व छापामार नेता पेट्रो सत्तामा आएदेखि कोलम्बियामा कोकिन उत्पादन ‘दशकौंको उच्च दरमा बढेको छ, जसले संयुक्त राज्य अमेरिकालाई डुबाउँदै र अमेरिकीहरूलाई विष खुवाइरहेको छ।’ उनले ट्रम्प प्रशासनले ‘कडा कदम’ चालिरहेको र अमेरिकामा लागुऔषध तस्करी ‘सहन नगर्ने’ बताए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०८ कार्तिक २०८२, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने