साग निर्धारित मितिमै हुन्छ : खेलकूदमन्त्री विश्वकर्मा

शनिबार, २३ कार्तिक २०७६, १६ : ३२
साग निर्धारित मितिमै हुन्छ : खेलकूदमन्त्री विश्वकर्मा

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब अन्तिम चरणमा पुगेको पनि उनले बताए । 

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नेगरि आफूहरुले दिनरात काम गरिरहेको जनाए । उनले भने,‘सागको लागि करिब करिब तयारी पूरा हुने दिशामा छ । यो गेम भव्य रुपमा र सफलतापूर्वक सम्पन्न हुने विश्वास दिलाउन चाहन्छु ।’ उनले साग राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकोले खेलप्रेमी र सरोकारवाला सबैले गम्भिरतापूर्वक आ–आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्नुपर्ने सुझाए । 
मन्त्री विश्वकर्माले सामाजिक सञ्जालमा साग प्रतियोगिता समयमै नहुने हो कि भनेर अन्यौलतासँग जोडेर गरिएका टिकाटिप्पणीप्रति भने असन्तुष्टी पोखे ।  १२ औं साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भैसकेपछि १३ औं प्रतियोगिता २०७२ सालमा गर्ने अभिभारा नेपालको काँधमा आएपछि समयमै साग हुन नसक्नु दुःखद् भएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस