बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै, विमानस्थलमा राष्ट्रपति भण्डारी स्वागतका लागि पुग्ने

सफल खबर संवाददाता

शनिबार, २३ कार्तिक २०७६, १५ : १७
बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै, विमानस्थलमा राष्ट्रपति भण्डारी स्वागतका लागि पुग्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार तीन दिने भ्रमणको सिलसिलामा नेपाल आउने भएका छन् । 
परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशका राष्ट्रपतिको भ्रमण तालिका सार्वजनिक गरेको हो । परराष्ट्रका अनुसार मंगलबार आउने उनी शुक्रबार स्वदेश फर्किनेछन् । 

राष्ट्रपति हमिद नेपाल आउँदा राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नेछिन् । यस्तै उनले राष्ट्रपति हमिदको सम्मानमा रात्रिभोजको दिनेछिन् । 
भ्रमणका क्रममा उनले नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, परराष्ट्रमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 
भ्रमणका क्रममा राष्ट्रपति हमिदले काठमाडौंँका विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको भ्रमणका साथै पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस