काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् ।
गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–.३ माझपालीबाट आज दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताउनुभयो ।
पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिनुभएको छ । पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २२ कार्तिक २०७६, २१ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव