काठमाडौं । बौद्ध व्यापार संघ र स्थानीयहरूले सडक कालोपत्रे माग राख्दै गत वैशाख अन्तिमतिर बौद्ध क्षेत्रमा सडक नै ठप्प पार्नेगरी आन्दोलन गरे।
त्यसपछि स्थानीय र ठेकेदारबीच सडक पिच गर्ने सम्झौता भएसँगै जेठ अन्तिमतिर चावहिल–साँखु सडकखण्डको टुसाल चोकदेखि बौद्ध गेटसम्म करिब एक किलोमिटर सडक कालोपत्रे भयो। करिब चार वर्षदेखि धुलो र हिलोबाट आक्रान्त बनेका स्थानीय कालोपत्रे भएपछि खुसीले गद्गद् भएका थिए।
तर सडक कालोपत्रे भएको तीन महिना नबित्दै कालोपत्रे उप्केर खाल्डाखुल्डी बनेपछि अहिले उनीहरू चिन्तित बनेका छन्।
आन्तरिक र बाह्य पर्यटक ओहोरदोहोर भइरहने बौद्ध गेटकै सामु ठूल्ठूला दुईवटा खाल्डा छन्। त्यसैगरी टुसाल चोकको सडकमा कालोपत्रे पुरै उप्किएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार उक्त सडकखण्ड युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स कम्पनीले कालोपत्रे गरेको थियो। कमसल सामग्री प्रयोग गरिएकाले छिट्टै कालोपत्रे उप्किएको स्थानीयको आरोप छ।नागरिक दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २१ कार्तिक २०७६, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला