काठमाडौं । जबरजस्ती करणी उद्योगमा पुर्पक्षका लागि जेल चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महरा यतिबेला डिल्लीबजार कारागारमा छन् ।
उनलाई कारागारको ‘क’ ब्लकमा राखिएको छ । स्रोतका अनुसार महरा पूर्वआईजीपी रमेशचन्द ठकुरीको ‘रुममेट’ रहेका छन् । ठकुरी सुडान घोटाला काण्डका भ्रष्टाचारको आरोपमा जेल चलान भएका हुन्
करिब एक महिना थापाथलीस्थित नर्भिक अस्पतालमा बिताएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसलगत्तै उनलाई डिल्लीबजार लगिएको थियो ।
महरा अब मुद्दाको अन्तिम फैसला नभएसम्म जेलमै बस्नुपर्नेछ या साधारण तारखेमा रिहाइका लागि उच्च अदालत जानुपर्नेछ । उनका कानुन व्यवसायीहरुले उच्च अदालतमा जाने तयारी गरेका छन् ।
महराले सांसद पदबाट पाउने सबै सेवा सुविधा अब जेल चलानसँगै रोकिएको छ । अब उनले कुनै पनि सुविधा पाउने छैनन् । तर सांसद पद भने उनको खोसिएको छैन । कैदको फैसला नै भएको खण्डमा उनको सांसद पद स्वतः गुम्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ कार्तिक २०७६, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ