इटहरी । इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले इटहरीमा चालु आर्थिक बर्षमा ३० किलोमिटर सडक कालोपत्रे हुने बताउनु भएको छ ।
इटहरी १६ कान्छीचौकदेखि वडहरा,डकाहा,पटेरुवाहुदै जनसहयोग स्कुल जोडने वाटोको कालोपत्रे सडक निर्माण शिल्यान्यास गर्दै त्यसो भन्नुभएको हो । इटहरीको गौरवका योजनाका रुपमा संचालित वहुबर्षे योजना अन्र्तगत यहि आर्थिक बर्षमा कालोपत्रे भइसक्ने ११ सडकमध्ये यो एक हो । ११ सडक निर्माण भइसक्दा करिव ३० किलोमिटर वाटो कालोपत्रे हुने छ ।
प्रमुख चौधरीले पाँच बर्षे कार्यकालमा ५० किलोमिटर वढि सडक कालोपत्रे गर्ने योजना रहेको सुनाउनुभयो । पाँच बर्षभित्रमा गाँउका मुख्य वाटोहरु कालोपत्रे भइसक्ने उहाँको भनाई छ । कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा भइरहेको विकासमा नो कमिसन,नो करप्सनको नीति अवलम्वन गरिएको वताउनुभयो । उहाँले गाँउका जनतालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन गाँउ गाँउका सडक कालोपत्रे गर्ने वहुवर्षीय योजना संचालन गरिएको जानकारी दिनुभयो ।
उहाँले बहुवर्षे योजना अन्र्तगत ११ वटा ग्रामिण सडक कालोपत्रे भइसकेपछि नगरवस संचालन गरेर गाँउ गाउका वासिन्दामा यातायातको सहज पहुँच पुरयाउने वताउनुभयो । आफूहरु जनप्रतिनिधि भएयता वनेका सडकहरु गुणस्तरीय वनेको उहाँको दावी छ । कार्यक्रमलाई इटहरी १९का वडाध्यक्ष श्री नारायण चौधरी,१८ का वडाध्यक्ष रामकुमार चौधरी र २०का वडाध्यक्ष मणीराज श्रेष्ठले सम्वोधन गर्दै तीन वटा वडा जोडने यो मुल वाटो कालोपत्रे भएपछि ग्रामिण जनताले विकासको अनुभूति गर्ने वताउनुभयो ।
इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेले करिव साढे छ किलोमिटर सडक निर्माण २०७७ मंसीर २९ गतेभन्दा एक दिन पनि पछि नजाने वताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि सरोज वस्नेतले असार सम्ममै निर्माण सक्ने गरि काम हुने प्रतिवद्धता जनाउनुभयो । इटहरीमा चालु आर्थिक बर्षमा यो समेत चार वटा वहुवर्षे सडक शिल्यान्यास गरिसकिएको छ । अरु सात सडक पनि चाडै शिल्यान्यास गरिदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ कार्तिक २०७६, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम
दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा
बाढीले डाइभर्सन बगायो, बुटवल–नारायणगढ सडक पूर्वरूपमा अवरुद्ध
बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन
हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अबरुद्ध
नागढुंगा–नौबिसे सडक अब दिउँसो पनि साढे ४ घण्टा बन्द