जन्डिस के हो ? कसरि बच्ने ?

सफल खबर संवाददाता

आइतबार, १७ कार्तिक २०७६, २१ : ००
जन्डिस के हो ? कसरि बच्ने ?

काठमाडौँ । जन्डिस (कमलपित्त) एउटा लक्षण हो, जो शरीरको विभिन्न भागमा पहेँलोपनको रुपमा देखा पर्दछ, आउनुस जन्डिसको घरेलु उपचार बारे जानकारी लिउं । जण्डिस आफैमा रोग होइन, यो कुनै रोगको कारण हो ।

रगतमा बिलिरुविनको मात्रा बढी भएर आँखा, छाला र मुखभित्र पहेँलो हुनुलाई जन्डिस अर्थात् कमलपित्त भनिन्छ । साधारणतया रगतमा बिलिरुविनको मात्रा एक मिलिग्राम र १०० एमएलभन्दा कम हुन्छ । बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमात्र आँखा पहेँलो देखिन्छ जसलाई जन्डिस भनिन्छ ।

मुख्यतया जण्डिसको दुई प्रकारका हुन्छ 
१ जन्मजात
२ रोगले निम्त्याएको पहेँलोपन
जन्मजातमा रोग हुँदैन । कसैलाई तिलको जत्रो दाग हुन्छ त कसैलाई ६ वटा औंला हुने हुन्छ । जन्मजात जण्डिस रोग होइन । विश्वमा ५ देखि १० प्रतिशत जन्मजात यस्ता समस्या देखापर्दछ । यसलाई गिलबर्ट सिन्ड्रोम भनिन्छ ।

जन्डिस लाग्दा खान नहुने खानाहरु
जाँड,रक्सि,अमिलो,पिरो,माछा,मासु,अण्डा,गरम मसला,खरबुजा,भुइकटर,तेल,मेथी,चम्सुर आदि ।

खान हुने खानाहरु
मेवा,उखु,लौका,रायो,काउली,चना-केराउको दाल,जाउलो भात,हल्का नुन-बेसार हालेर पकाएको तरकारी आदि ।

जन्डिसका लक्षणहरु निम्न प्रकारका छन् :
जिउ गल्दै जानु,बान्ता हुनु,पेट दुख्नु,खाना नरुच्नु,अल्छी लाग्नु,खाना खाने बेलामा वाक्वाक लाग्नु,पिसाब पहेलो हुनु र अन्तिममा आखाँ पहेलो हुन्छ।यस्तो लक्षण देख्नासाथ तुरुन्त जाचँ गरि आयुर्बेद उपचार गर्नु उपयुक्त हुन्छ।
जण्डिसका केही लक्षण

पेट दुख्ने
वाकवाकी लाग्ने
खाना नरुच्ने
शरीरको तौल घट्ने
पहेँलो दिसा आउने
पिसाब गाढा पहेँलो रङको आउने
शरीरको धेरै भाग पहेँलो देखिने
ज्वरो आउने
कमलपित्त या जण्डिस कलेजोमा र पित्तमा लाग्ने रोग हो । सामान्य बोलिचालिको भाषामा यसलाई पँहेले रोग पनि भन्ने गरिन्छ ।
रगतका कण नष्ट हुने हुदाँ रगतमा बिलुरुबिनको मात्रा बढी देखिन्छ । यो रोग लागेपछि सावधानी अपनाइएन भने ज्यानै जाने खतरा समेत हुने डाक्टरले बताएका छन् ।

खाना पचाउन सहयोग गर्ने कलेजोमा अस्वस्थ्यकर खानपान र अत्याधिक मद्यपानकका कारणले जण्डिस हुन सक्ने डाक्टर बताउँछन् ।

जन्डिसको घरेलु उपचार यस्ता छन् :
१. सेतो फट्किरीलाइ फुटाएर पिस्ने,पहिलो धिं आदा ग्राम दहीमा मिलाएर खाने । दोस्रो दिन १ ग्राम,तेस्रो दिन डेड ग्राम एवं प्रकारले साता दिन सम्म खानाले जन्डिस रोग निको हुन्छ ।

२. ठुलो हरड़को बोक्रा १०० ग्राम ग्राममा १०० ग्राम मिस्रि मिलाएर धुलो बनाउने र ६/६ ग्राम चुर्ण बिहान-बेलुकाको दरले खादा जन्डिस रोगमा फाइदा मिल्छ ।

३. गिलोयको ६ मासा चुर्ण महमा मिसाएर चाटनाले पनि यो रोग निको हुन्छ ।

    उखुको रसमा कागती निचोरेर दिनमा तीन चार पटक ५०० मिलिलिटरको दरमा खाने

४. पेट सफा राख्ने

५. उपरोक्त वस्तु बाहेक ७ दिनसम्म अरु खाने

कमलपित्त या जण्डिस कलेजोमा र पित्तमा लाग्ने रोग हो । सामान्य बोलिचालिको भाषामा यसलाई पँहेले रोग पनि भन्ने गरिन्छ ।
रगतका कण नष्ट हुने हुदाँ रगतमा बिलुरुबिनको मात्रा बढी देखिन्छ । यो रोग लागेपछि सावधानी अपनाइएन भने ज्यानै जाने खतरा समेत हुने डाक्टरले बताएका छन् ।

खाना पचाउन सहयोग गर्ने कलेजोमा अस्वस्थ्यकर खानपान र अत्याधिक मद्यपानकका कारणले जण्डिस हुन सक्ने डाक्टर बताउँछन् ।

कुरा नखाने: ७ दिनसम्म पनि शरीरमा कुनै किसिमको फरक नआएमा विशेषज्ञलाई देखाउने ।

६. जण्डिस भएका बिरामीले गाँजर, मुला, काँक्रो, उसिनेको खाना, नुन कम हालेको र बेसार नहालेको खानेकुरा मा विषेश जोड दिनुपर्छ।

उपचार विधि
सामान्य मात्राको फिजियोलोजिकल जन्डिस बच्चालाई राम्रोसँग दूध खुवायो भने ७–१० दिनभित्रमा हराएर जान्छ । बच्चालाई नपोल्ने र चिसो पनि नलाग्ने गरेर घाममा राख्नाले पनि जन्डिस घटाउन मद्दत पुग्छ ।

तर जन्डिस धेरै नै देखिएको छ भने बच्चालाई विशेष प्रकारको नीलो बत्ती (फोटोथेरापी) मा राख्नुपर्छ । साथै धेरै नै बढी भएमा बच्चाको रगत फेर्ने पनि गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस