वडा नम्बर पाँच बन्दैछ स्मार्ट वडा, मोबाइलबाटै घर पहिचान गर्न सकिने

सफल खबर संवाददाता

आइतबार, १७ कार्तिक २०७६, १६ : ०४
वडा नम्बर पाँच बन्दैछ स्मार्ट वडा, मोबाइलबाटै घर पहिचान गर्न सकिने

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ५ अब डिजिटल वडा बन्ने भएको छ । वडा अध्यक्ष नवराज कंडेलले वडामा बिद्युतीय घर गणना प्रबिधिको बिस्तार गरी सबै भुगोल र आवास सूचना र प्रबिधिमा समाहित गरिने बताउनु भयो । 
आफ्नो वडालाई अब स्मार्ट वडा निमार्णका लागि अभ्यास सुरु हुन थालको र एक वर्षभित्रमा पूर्ण रुपमा स्मार्ट वडाका रुपमा बिकास गर्ने उहाँको भनाई छ । स्मार्ट वडाका रुपमा बिकास गरेपछि त्यहाँका हरेक सूचना आफनो मोबाइलबाटै हरेक नागरिकले हेर्न र पढ्न पाउने र बाहिरबाट आएका आफन्तले पनि मोबाइलबाटै घर पहिचान गर्न सक्ने उहाँको भनाई छ । नगरपालिकाले पहिलो चरणमा आफ्नो वडाका लागि झण्डै २० लाख रकम बजेट बिनियोजन गरेको र त्यसले काम थालिने उहाँको भनाई छ ।  
उहाँले आफ्नो वडामा बिद्युतीकरणको सबै समस्या समाधानका लागि आफु क्रियाशील भएको बताउनु भयो । अब भोल्टेजको समस्यादेखि अन्य बिद्युतको कुनै पनि समस्या नरहने गरी आफुले काम गरेको वडा अध्यक्ष कंडेल बताउनु हुन्छ । आगामी दिनमा बालमैत्री पूर्ण सरसफाईको अभियानलाई निरन्तरता दिने समेत उहाँले बताउनु भयो ।
त्यस्तै उहाले दुई किलो मिटर अस्पाल प्रबिधिको पिच माहादेब भर्यांगदेखि राम पाटि प्यालेससम्म गरिएको बताउनु भयो ।  स्थानियको ३५ प्रतिषत  र बाकि नगरपालिकाको लगानी गरी २ करोड बढिको  लागतमा सो पिच निमार्ण गरेको उहाको भनाई छ । त्यस्तै बिकास टोलको दुई ठाउमा  ८०० मिटर र अन्य बिभिन्न ठाउमा गरि २५ लाखको मोज्याक टायल्स लगायको बताउनु भयो ।
काग्रेसचोकदेखि सरस्वती स्कुल , गणेश मन्दिर, कालिका चोक हुदै वडा नम्वर ८ को गैरी जोड्ने पिच, कालिका मन्दिर बाट ८ नम्वर हुदै स्वालम्वन चोकको ६ नम्वर हुदै भाग्यद्धय चोक , गैडाचोकदेखि कालिका चोक सम्मको ५ किलोमिटर, पुन पिच गरिएको उहाको भनाई छ । यसका लागी  २ करोड, बजेटमा काम भएको उहाले बताउनु भयो । आगामी योजनाका रुपमा गैडाकोट ५ का सबै  बाटो कालोपत्रे गर्ने रहेको उहाको  भनाई छ ।
गैडाकोट ५ का स्थानिय शिबहरी  सुबेदीले वडा अध्यक्ष कंडेलले आफनो वडामा धेरै बिकासका कामहरु गर्नु भएको बताउनु भयो । वडामा धेरै बिकासका काम भएको र अरु अपुरा कामहरु आगामी वर्षहरुमा पुरा गर्ने उदेस्यका साथ अध्यक्ष लागेको उहाको भनाई छ । 

प्रतिक्रिया दिनुहोस