धरान । धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् ।
धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानवारी माइती बस्दै आएकी बीना हिजो मात्रै घर आएकी थिइन् ।
एकअर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । सूचना पाएपछि घटनालगत्तै प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान् अर्जुनलाई गएराति ११ः३० बजे नै सेउतीखोला पुल नजिकबाट नियन्त्रणमा लिएको प्रनाउ न्यौपानेले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ कार्तिक २०७६, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या