चिप्लेढुङ्गा । नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ ।
सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् ।
प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित हुनुभएको थियो । यसअघि नेकपा जिल्ला कमिटीको कात्तिक ८ गतेको निर्णयले विद्या भट्टराईको एकल नाम सिफारिश गरे पनि केन्द्रले तीन जनाको नाम सिफारिश गर्न भनेकाले दुई जनाको नाम थपिएको नेकपा गण्डकी इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट कास्की इन्चार्जसमेत रहनुभएका करणलाई सिफारिश गरिएको नेकपा गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिनुभयो । आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।
यसैबीच नेपाली काङ्ग्रेसले १६ जनाको नाम सिफारिश गरेर पठाएको छ भने उम्मेदवारको बारेमा आज टुङ्गो लगाउने भन्दै पदाधिकारी बैठक बस्ने बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ कार्तिक २०७६, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपामा ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समिति गठन (नामावलीसहित)
नेकपाद्वारा १० बुँदे कार्ययोजना प्रस्ताव
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
राजनीतिक पूर्वाग्रह राखेर द्वन्द्व सिर्जना हुने कार्य सरकारले नगरोस् : नेकपा
नेकपा धुलो टक्टकाएर फेरि उठ्छः पुन
निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन