काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था अहिले सामान्य छ । पिडौँला र तिघ्रामा समस्या भई ढाड दुखेका कारण अस्वस्थ्य हुनुभएका अध्यक्ष थापाको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको सो पार्टीले जनाएको छ ।
यही कात्तिक ८ गते आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन जानुभएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जित्नुभएको थियो भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्य भई खेल छाडनुभएको थियो । उहाँ कात्तिक १४ गते स्वदेश फर्कनुहुने पार्टीका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
तेस्रो पटक ‘स्वाभिमान यात्रा’ हुँदै
राष्ट्रिय प्रजातन्त्र पार्टीले यही कात्तिक २२ देखि २४ गतेसम्म तेस्रो चरणको ‘स्वाभिमान यात्रा’ गर्ने भएको छ ।
सङ्गठन सुदृढीकरणका साथै पार्टीका राजनीतिक कार्यक्रम प्रचार गर्ने उद्देश्यले गर्न लागाएिको उक्त यात्रा सिन्धुलीबाट शुरु गरी रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा समापन गरिने छ ।
यसअघि पहिलो चरणमा मेची महाकाली स्वाभिमान यात्रा गरी ३७ जिल्लामा कार्यक्रम गरिसकेको छ भने दास्रो चरणमा मुस्ताङबाट गोरखासम्म गरिएको स्वाभिमान यात्रामा सात जिल्लामा कार्यक्रम गरिएको सहमहामन्त्री बर्तौलाले जानकारी दिनुभयो ।
पार्टीले लिएका हिन्दू राष्ट्रलगायतका राजनीतिक मुद्दालाई जनस्तरमा प्रचार गरी उनीहरुको सुझाव यात्रामा सङ्कलन गरिने छ । देशभर गर्ने लक्ष्य राखिएको उक्त यात्रा बाँकी रहेका जिल्लामा केही महीनापछि पूरा गरिने पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १३ कार्तिक २०७६, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ: कमल थापा
व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गरे देशमा आगो बल्छ: कमल थापा
तोडफोड र आगजनी निन्दनीय : कमल थापा
कमल थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
कमल थापाले बोलाए पदाधिकारी बैठक
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा