सर्वोच्च अदालत लगियो ६ भीआईपी जुवाडेलाई

सफल खबर संवाददाता

बुधबार, १३ कार्तिक २०७६, १४ : ०९
सर्वोच्च अदालत लगियो ६ भीआईपी जुवाडेलाई

काठमाडौँ । होटल साम्बेला नजिकैबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका २५ मध्ये ६ भीआईपी जुवाडेलाई सर्वोच्च अदालत लगिएको छ ।

उनीहरुले गैरकानुनी थुनामा राखिएको दावी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि उक्त रिटको सुनुवाई गर्न अदालत लगिएको हो ।

अदालतले उनीहरुलाई बुधबार ११ बजे उपस्थित गराउन भनेपछि अदालत लगिएको महानगरीय प्रहरीले जनाएको छ ।

गत शनिबार पक्राउ परेका उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, र ३ लाख रुपैयाँको चेक बरामद भएको थियो । 

प्रतिक्रिया दिनुहोस