काठमाडौँ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ । काठमाडौँ र कास्कीबाट १६ जना पक्राउ परेका हुन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ सिमलीगाउँ बस्ने रामेछाप मन्थली नगरपालिका–६ घर भएका ३९ वर्षीय श्याम तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ३ सय ३० रुपैयाँ सहित पक्राउ गरेको हो ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल लेक टप एन्ड रेस्टुरेन्टमा जुवातास खेलिरहेका अवस्थामा रेस्टुरेन्टका सञ्चालक पोखरा महानगरपालिका–२४ घर भएका ४७ वर्षीय चिन्तामणि अधिकारी समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६१ हजार ४ सय नेपाली रुपैयाँ, ५ हजार ५ सय भारतीय रुपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ साउन २०८२, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेका ८ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ