काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिला गरी सुरु भएको छ।
बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भए पनि दिउँसोपछि मात्रै प्रारम्भ भएको हो।
बैठकमा सभापति गगन थापाले सहमतिका आधारमा संसदीय दलको नेता चयनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको बताइएको छ।
कार्यसम्पादन समितिको बैठक सम्पन्न भएपछि आजै संसदीय दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग दलको नेता चयन प्रक्रियाबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
पार्टीका एक नेताका अनुसार सभापतिबाट प्रस्ताव आएपछि संसदीय दलको विधानको धारा ५ बमोजिम नेता चयनको औपचारिक प्रक्रिया अघि बढ्नेछ।
यसअघि सहमतिमै संसदीय दलको नेता टुंग्याउने प्रयास स्वरूप शुक्रबार तय गरिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ बैशाख २०८३, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस