मानवियताबिना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पौडेल (भिडियो सहित)

उर्गेन तामाङ

शनिबार, ०९ कार्तिक २०७६, १५ : ३२
मानवियताबिना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पौडेल (भिडियो सहित)

चितवन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ठुला ठुला भौतिक संरचना र विकास निर्माणले मात्रै समृद्धि प्राप्त नहुने बताएका छन् । भरतपुर महानगरलाई सहयोगापेक्षी सडकमानवमुक्त महानगर घोषणा गर्दै मुख्यमन्त्री पौडेलले सामाजिक समृद्धिबिना समृद्धिको सपना पूरा नहुने बताएका हुन् । 
भौतिक सुखसुविधा नै समृद्धि हो भन्ने किसिमका भ्रम सबैले त्याग्नु पर्ने उनले बताए । आर्थिक तथा भौतिक रुपमा जतिसुकै उचाई लिए पनि मानवियता नभएको समृद्धि खल्लो हुने पौडेलको भनाई छ । उनले भने, ‘समृद्धि केवल भौतिक सुखसुविधामात्रै होइन, सामाजिक कुराहरु पनि हुन्, मानवियता पनि जोडिएर आउँछ । सुसँस्कृत समाज निर्माणका लागि सबै लागौँ ।’
मुख्यमन्त्री पौडेलले महानगरलाई मात्रै घोषणा गरेर पनि यो समस्या समाधान नहुने बताए । उनले छिमेकी जिल्ला, नगरपालिका, गाँउपालिकालाई पनि क्रमशः सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गर्दै जानुपर्ने बताए । प्रदेश सरकारले यसको जिम्मा लिने भन्दै उनले प्रतिवद्धता जनाएका छन् । 
यसअघि मकवानपुर जिल्लालाई नै सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गरिएको बताउँदै पौडेलले बेसहाराको पालनपोषणको जिम्मा सरकारले लिने बताए । उनीहरुलाई लाग्ने खर्च पनि सरकारले व्यहोर्ने बताए । उनले भरतपुर महानगरलाई सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गरेपछि अब यसलाई निरन्तरता दिन थप चुनौती रहेकोले सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस