चितवन जिल्ला प्रशासनमा प्रभु बैंकको काउण्टर

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, १० : ५२
चितवन जिल्ला प्रशासनमा प्रभु बैंकको काउण्टर

चितवन । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 

चितवन स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उद्घाटन गर्नुभएको थियो ।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा  रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस