रौतहटमा गोली हानेर एक युवकको हत्या

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, १८ : २४
रौतहटमा गोली हानेर एक युवकको हत्या

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । 
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीका अनुसार इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै एक युवकमाथि गोली प्रहार भएको छ । 

भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारततर्फ फर्किएको स्थानीयले बताएका छन् ।

मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । मृतक युवक अन्दाजी २५ बर्षका छन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस