एकै स्थानमा पार्किङ्ग गरि राखिएको आधा दर्जन मोटरसाइकलमा आगजनी

विहीबार, २३ असोज २०७६, १० : ४१
एकै स्थानमा पार्किङ्ग गरि राखिएको आधा दर्जन मोटरसाइकलमा आगजनी

धनुषाको जनकनन्दनी गाउपालिकामा एकै स्थानमा पार्किङ्ग गरि राखिएको आधा दर्जन भन्दा बढी मोटरसाईकल र ३ वटा साईकलमा आगजनी भएको छ ।

धनुषाको पुर्वी क्षेत्रमा पर्ने जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ स्थित प्रखे महुवामा पार्किंग गरि राखिएको एक वडाअध्यक्ष सहित ९ वटा मोटरसाईकल र ३ वटा साईकलमा अज्ञात समुहले गरेको आगलगी हुँदा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ। 

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजन थापाले आज विहान अन्दाजि ३ः३० बजेको समयमा पार्किंग गरि राखिएको मोटरसाईलमा आगलगी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको जनाए 

सो आगलगीमा जनकन्दिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षको सरकारी गाडी समेत जलेर ध्वस्त भएको छ । सो घटनामा ५ ओटा नेपाली प्लेट र ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाईकल जलेर नष्ट भएको प्रहरी नीरिक्षक थापाले बताए । 

त्यस्तै सार्वजनिक स्थलमा पार्किङ्ग गरी राखिएको ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाईकलहरु जलेर नष्ट भएको छ भने बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाईकल समेत जलेर नष्ट भएको छ । घटनामा ३ वटा हिरो साईकल समेत जलेर नष्ट भएको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले यसबारे अनुसन्धान भई रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस