सहरभित्रको सहर ‘सिजी ल्याण्डमार्क’मा दर्शकहरुको उपस्थिति बढ्दै

शुक्रबार, १७ असोज २०७६, १७ : ३८
सहरभित्रको सहर ‘सिजी ल्याण्डमार्क’मा दर्शकहरुको उपस्थिति बढ्दै

चितवन । चितवनको भरतपुर महानगरपालिकाको वडा नं १० स्थित वीरेन्द्र बहुमुखी क्याम्पस अगाडि रहेको काठमाडौँ बाहिरकै ठूलो सपिङ मल सहरभित्रको सहर ‘सिजी ल्याण्डमार्क’मा दिनानुदिन दर्शकहरुको उपस्थिति बढ्दै गइरहेको छ । 
१० तलाको सपिङ मल सिजी ल्याण्डमार्क’ सञ्चालनमा आएसँगै अवलोकन गर्न आउने दर्शक दिनानुदिन बढ्दै गइरहेका छन् ।
सिजी ल्याण्डमार्कमा सपिङ गर्न आउने उपभोक्ताहरुको फेस्टिभ सिजनका कारण पनि घुइँचो लाग्न थालेको मलका म्यानेजर उज्वल केसीले जानकारी दिनुभयो । सपिङ मलमा मनोरञ्जनात्मक कार्यक्रमसहितको फेस्टिभ सिजन चलिरहेको छ, जहाँ दर्शक झुमिरहेका छन् ।

फेस्टिभ सिजनमा भएको मनोरञ्जनात्मक कार्यक्रममा  चर्चित गायिका तृष्णा गुरुङलगायतले फेस्टिभ सिजनको मनोरञ्जनात्मक कार्यक्रममा आकर्षक प्रस्तुति दिएका थिए । डिजे म्यूजिक, फेसन सो, नृत्यलगायतका कार्यक्रमहरु पनि नियमित रुपमा भइरहेको मलका म्यानेजर केसीले बताउनुभयो । 

सिजी ल्याण्डमार्कले चाडपर्वलाई लक्षित गरेर फेस्टिभ सिजनको बडा अफर ल्याएको छ । भव्य तामझामका साथ फेस्टिभ सिजन दर्शकहरुले मनोरञ्जन लिइरहेका र सपिङ पनि गरिरहेका सिजी ल्याण्डमार्क मलका म्यानेजर केसीले बताउनुभयो ।  

एक हजारभन्दा माथिको जुनसुकै सामग्री खरिद गर्दा पनि लक्की ड्रमार्फत आकर्षक पुरस्कारहरु जित्न सकिने छ । लक्की ड्रमार्फत टिभीएस एनट्रक स्कुटर, एलजी रिफ्रेजिरेटर, एलजी वासिङ मेशिन, डिजिकम एसी, थाइल्याण्ड भ्रमणको आउनेजाने टिकट, सौराहा होलिडे प्याकेजलगायतका उपहारहरु जित्न सकिने मलले जनाएको छ । 

फेस्टिभ सिजनको हरेक दिन हुने मनोरञ्जनात्मक कार्यक्रममा गायकगायिकाको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दिएको छ । फेस्टिभ सिजनको मिडिया पार्टनरको रुपमा चर्चित अनलाइन न्यूज पोर्टल सफल खबर डट कम रहेको छ । 

प्रतिक्रिया दिनुहोस