यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले राजीनामा दिने

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, १२ : ०८
यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले राजीनामा दिने

काठमाडौं । आफूमाथि संसद भवनमै कर्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सभामुख कृष्णवहादुर महाराले राजीनामा दिने भएका छन् ।

संघीय संसद सचिवालयका अनुसार घटनाको निष्पक्ष छानविन होस् भनेर महराले राजीनामा दिने तयारी गरेका हुन् ।  यसअघि राजीनामा दिएको भन्ने हल्ला निराधार भएको सचिवालयले जनाएको छ ।

यसैबीच नेकपा सचिवालय बैठकले सभामुख कृष्णबहादुर महराले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानलाई सघाउनु पर्ने निर्णय गरेको छ । पार्टीको यस्तो निर्णयपछि सभामुख महराले आजै राष्ट्रपतिसमक्ष राजीनामा दिनु हुने बताइएको छ ।

बैठकले सभामुख कृष्णबहादुर महरालाई सभामुख र संसद सदस्य दुवै पदबाट राजीनामा दिएर यौन दुव्र्यवहार काण्डको छानबिनमा सहयोग पुर्याउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस