काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारीअन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच एन आई सी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्यूआर मार्फत् सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु. ५०० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक एपको क्यूआरमार्फत् भुक्तानी गर्दा १५% रकम वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने छ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेलवेज क्यास एण्ड क्यारी प्रा. लिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृतसन्दिप प्रधानाङ्गले हस्ताक्षर गरे ।
आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जेम्स ल्याब स्थापना गर्दै रत्न तथा आभुषण संघ
धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड
आइएमई र यूनिमोनीवीच विद्युतिय माध्यमबाट रेमिट्यान्स सेवा विस्तार गर्ने सम्बन्धि सम्झौता
सुनको मुल्य घट्यो, कति पुग्यो तोलामा
प्र्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन : अर्थमन्त्री पौडेल
सरकारले तिर्नुपर्ने ऋणको अंश बढ्दै