प्रधानसम्पादक अधिकारीलाई इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०७६, ०७ : ०६
प्रधानसम्पादक अधिकारीलाई इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड

काठमाडौं । सफल खबर डटकमका प्रधानसम्पादक सुरेशचन्द्र अधिकारीलाई  इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । 

संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजित एक कार्यक्रमकाबीच अधिकारीलाई इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । 

सिजन मिडियाको आयोजना तथा नेपाल पत्रकार महासंघ युएई शाखाको संयोजनमा आयोजित एक विशेष समारोहका बीच अधिकारीलाई कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले अवार्ड प्रदान गरे । लामो समयदेखि पत्रकारितामा सक्रिय अधिकारी मिडिया यद्यमीका साथै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको प्रेस सल्लाहकारसमेत हुन् । 

सोही अवसरमा वरिष्ठ पत्रकार ओम शर्मा, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा प्रेस काउन्सिलका सदस्य खिल बहादुर भण्डारी, युएईमा व्यवसायी एवम् समाजसेवी डा दिनेश आचार्यलाई पनि अवार्ड प्रदान गरिएको थियो।

 यस्तै नेपाल पत्रकार महासंघ युएईका कार्यबाहक अध्यक्ष लक्ष्मण खनाल,  पत्रकार विनोद श्रेष्ठ, पर्यटन व्यवसायी एकेन्द्र थापा, लोक दोहोरी गायक दीप सागर थापा, भाइ महर्जन सिलवाल, गार्ली अग्रवाल, देबेन्द्र प्रधान, सुरेन्द्र लामा, हरि सेन्चुरी बिक, लेखक तथा सहित्यकार पुष्पलता आचार्य, किरण मरहठ्ठा, माधब प्रसाद अधिकारी, कृष्ण प्रसाद आचार्य, पूर्ण प्रसाद श्रेष्ठ, शोभा कुमारी गिरि अधिकारी, राम नारायण घिमिरे, पवन अधिकारी, रोजिन शाक्य, सन्तोषी शाही, दिपेन्द्र महर्जन, रेजिना तुलाधर, विजय कोइरालालाई समेत सम्मान गरिएकमो थियो । 

कार्यक्रममा युएईमा क्रियाशिल व्यक्तित्वहरु डा आसिफ सिद्दी अलिकी, सुरेस ढकाल, इ मोहन शर्मा र चन्द्र प्रकाश सापकोटालाई विशिष्ट व्यक्ति सम्मान गरिएको थियो भने कल्पना राई, हिरालाल श्रेष्ठ, दिपक गुरुङ (दिपिका) र पिएस लिम्बुलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा मन्त्री खनालले युएईमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीलाई नेपाल लगानी गर्न आह्वान गरे।

प्रतिक्रिया दिनुहोस