हल्लैहल्लाको देशमा अर्को एउटा हल्ला

सफल खबर संवाददाता

शुक्रबार, ०३ असोज २०७६, १४ : २५
हल्लैहल्लाको देशमा अर्को एउटा हल्ला

जनकपुर । कवि भूपि शेरचनले नेपाललाई हल्लैहल्लाको देश घोषणा गरे । यो हल्लैहल्लाको देश भनेर कविता नै लेखे । भूपी शेरचनले त्यसो भनेको दशकौँपछि अहिले पनि यो देश हल्लैहल्लाको देश भएको एउटा घटनाले स्मरण गराएको छ ।

पवित्र तीर्थस्थल जनकपुरधाममा शुक्रबार बिहानै एउटा हल्ला चल्यो, जानकी मन्दिरमा बम राखिएको छ । हल्लाको खेती फैलियो तर बम भेटिएन ।

प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकी मन्दिरमा कसैले बम रहेको हल्ला फैलाएकोले प्रहरीले खोजी कार्य गर्दा केही पनि नभेटेको बताए । मन्दिरमा बम राखिएको भन्ने कुरा हल्लामात्र भएको उनले पुष्टि गरे । 

प्रदेश प्रहरी प्रमुख प्रद्युम्न कार्कीका अनुसार प्रहरीले दुई वटा प्रशिक्षित कुकुर र आधुनिक यन्त्र लिएर करिब २ घन्टासम्म बमको खोजी कार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस