भोर्ले पुलको रेलिङले जोगायो बस, ठूलो दुर्घटना टर्यो

सफल खबर संवाददाता

शुक्रबार, ०३ असोज २०७६, १४ : १५
भोर्ले पुलको रेलिङले जोगायो बस, ठूलो दुर्घटना टर्यो

चितवन । नारायणगढबाट पोखराका लागि छुटेकोे लु २ ख ७७९ नम्बरको यात्रुवाहक बस ठूलो दुर्घटनाबाट बचेको छ । 

नारायणगढ मुग्लिन सडकखण्डको भोर्ले पुलमा दुर्घटना हुँदा पुलको रेलिङले बस नदीमा खस्नबाट रोकेपछि ठुलो दुर्घटना टरेको हो । तीब्र गतिमा बस चलाएका कारणले दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटनाबाट कुनै मानवीय क्षति भएको छैन । 

बसले पुलको रेलिङको भाग भाँचेर अगाडिको भाग पुल बाहिर निस्किएको जुगेडीका ट्राफिक प्रहरी हवलदार बाबुराम न्यौपानेले बताउनु भयो ।  
 

प्रतिक्रिया दिनुहोस