विप्लवका छोरा प्रकाश चन्द चितवनमा पक्राउ

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०७६, १० : २९
विप्लवका छोरा प्रकाश चन्द चितवनमा पक्राउ

चितवन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी बिप्लब समुहका महासचिब नेत्रबिक्रम चन्द बिप्लबका छोरा प्रकाश चन्दसहित १७ जनालाई चितवन प्रहरिले पक्राउ गरेको छ ।

चितवन मेडिकल कलेज अगाडि प्रदर्शन गर्ने उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।प्रकाश त्यहाँ भएको आन्दोलनको नेतृत्वकर्ता थिए ।

उनिहरुलाई आज बिहान कलेज अगाडिबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा १० जना पुरुष र ७ जना महिला रहेका छन । उनिहरु सबै मेडिकल कलेजका बिधार्थी हुन ।

केही समय अघिबाट बिधार्थीहरु मेडिकल कलेजबिरुद्द चरणवद्ध आन्दोलन गरिरहेका छन् । उनिहरुले तोकिएको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने लगायतका विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस