नेकपाको सचिवालय बैठक आज दिउसो बालुवाटारमा बस्दैं

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०७६, ०८ : १७
नेकपाको सचिवालय बैठक आज दिउसो बालुवाटारमा बस्दैं

काठमाडौं । सत्तारुढ दल नेकपाले पार्टी सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो ४ वजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ९ भदौंमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेयता बस्न सकेको थिएन । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली स्वदेश फर्केपछि सचिवालय बैठकको तयारी भएको हो ।

पार्टीका दुई अध्यक्षको लगातारका भेट र छलफलपछि आज सचिवालय बैठक बोलाएको हो । ९ भदौंमा ओली नहुँदा पनि प्रचण्डको अध्यक्षतमा पहिलो पटक नेकपा सचविालय बैठक बसेको थियो ।

ओलीले सिंगापुर भ्रमणमा जानु अगाडी ५ भदौंमा आफु नहुदा पनि सचिवालय बैठक बोलाउन र आवश्यक निर्णय लिनका लागि अध्यक्ष प्रचण्डलाई जिम्मा दिएका थिए । नेकपाभित्र पार्टी जिम्मा प्रचण्ड र सरकारको जिम्मा ओलीले लिने गरी कार्यविभाजन गर्न दबाब परिरहेका बेला अव ओलीले एकल कार्यकारी जिम्मा प्रचण्डलाई दिन्छन् ? दिदैनन् भन्ने नेकपाभित्र अहिले प्रतिक्षाको विषय बनेको छ ।

५ भदौंमा बसेको सचिवालय बैठकमा ओली नेपाल चर्काचर्की समेत परेको थियो । त्यो दिन देखि यी दुई नेताका बीचमा औपचारिक भेटघाट र कुराकानी समेत पनि भएको छैन ।

रोकिएको पार्टी संगठनात्मक एकताका विषयमा निर्णय लिनका लागि बिहिबार सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

नेकपाभित्र केन्द्रीय निकायका रुपमा लेखा, अनुशासन, निर्वाचन आयोग गठनका विषयमा निर्णय लिन बाँकी छ । महानगर कमिटि, प्रवास कमिटिहरुको एकताका काम पनि बाँकी छ । केन्द्रले टुंग्याउनु पर्ने राष्टिय प्रतिनिधी परिषद्को गठन गर्न बाँकी छ ।

पोलिटब्यूरो गठन लगायतका एजेण्डा पनि थाती नै छ । 

प्रतिक्रिया दिनुहोस