नेपाललाई तीन वटा सहयोग गर्ने चीनको घोषणा

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०७६, १७ : २८
नेपाललाई तीन वटा सहयोग गर्ने चीनको घोषणा

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको छ । 

बिहीबार राजधानीको याक एण्ड यति होटलमा दुई मन्त्रीबीच औपचारिक भेटवार्ता भएको हो । भेटपछि दुई देशबीच तीन वटा सहमति भएको छ ।

मनाङमा चीनले ३५ करोड रुपैयाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयंसेवक शिक्षकहरु नेपाल आउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस