सुनको मूल्य बढ्यो

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०७६, ११ : ०८
सुनको मूल्य बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य रु २०० बढेर ७१ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भएको छ। 

यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस