सन्दर्भ : निजामती सेवा दिवस

समयको मूल्य सम्झौं, निजामती सेवा दिवसको शुभकामना !!

आइतबार, २२ भदौ २०७६, ०७ : २६
समयको मूल्य सम्झौं, निजामती सेवा दिवसको शुभकामना !!

–सिर्जना थपलिया
उपसचिव, भरतपुर महानगरपालिका 
एक सेकेण्ड, एक मिनेट, एक घण्टा, एक दिन, हप्ता, महिना वा वर्ष, कति समयको ? कति मूल्य ? प्रश्न सरल, उत्तर कठिन अझ भनौ अनुत्तरित प्रश्न । झट्ट भन्दा कति सजिलै भनिन्छस एकछिन त होनी, ५ मिनेट त होनी वा त्यसैगरी दिन, हप्ता, महिना वा वर्ष त होनी । हामी नेपालीको सरदर आयूलाई नै हर्दा हाम्रो एक जीवनमा हामीसँग ७० वर्ष वा ८४० महिना, ३६५० हप्ता, २५५५० दिन वा ६१३२०० घण्टा  समय हुने रहेछ। 

अब कुरा गरौ निजामती कर्मचारी र कर्मचारीले सेवामा विताउने समयको । सरदर २५ वर्षको उमेरमा सेवामा प्रवेश हुदाँ रहेछन्, ५८ वर्षमा निवृत्त हुँदा सेवामा योगदान दिने समय ३३ वर्ष, ३९६ महिना, १७२१ हप्ता वा १२, ०४५ दिन । सामान्यतया आफ्नो कार्यकाल भरी एक कर्मचारीले १००० देखि १२०० दिन विदा लिँदो रहेछ । शनिवार १७२१ दिन, सार्वजनिक विदा ९अहिलेकै हिसाबमा० पनि प्रति वर्ष ३० दिन र सरदर लिने विदा १२०० दिनलाई कटाइ खुद सेवा दिने समय ८१६५ दिन । के हाम्रा यति समय पुरै, गर्नुपर्ने काम नै गरेर व्यतित भएका छन् त रु उत्तर आउछ।। छैनन्।। अवश्य छैनन् । उसो भए के कुरामा ? कसरी खेर गइरहेको वा जानसक्ने रहेछ त हाम्रो समय ? 

खेर गएको र जानसक्ने समय 
भनिन्छ, समय स्रोत हो –पैसा, जनशक्ति वा अन्य कुनै साधन भन्दा अलग स्रोत । कतैबाट Replace गर्न पनि नमिल्ने, थप्न वा घटाउन पनि नमिल्ने, आफै आउने, आफै जाने, रोकेर रोक्न पनि नसकिने । यसको सही व्यवस्थापनले मात्र अन्य स्रोतको सही उपयोग हुनसक्छ। तर हामी अधिकांसको कार्यालय समय यसरी खेर गइरहदो रहेछः 

१. बैठक वा कार्यक्रममाः 
१ घण्टाको बैठक वा कार्यक्रम तोकिएको समय भन्दा १ घण्टा पछि शुरु हुन्छ ।त्यसमा १५ मिनेट आसनमा ४० मिनेट भाषणमा मूल विषय वस्तुलाई ५ मिनेट बाँकी छ ‘अनि भाषणमा नै भनिन्छ: समय घड्किसक्यो, समय कम छ, सबैलाई हतारो छ, यति भन्दा भन्दै ।।लास्टा’ त्यही ५ मिनेट नि सकियो । पछिल्लो कार्यक्रम वा बैठकको ५र१० मिनेट चोरेर त्यसमा गाभ्यो, अनि विषयवस्तु लटरपटर, गोलमोटोल बनायो, कि त विना निष्कर्ष, कि त मूल विषयवस्तुको ठोस समाधान विना नै बैठक वा कार्यक्रम समाप्त । चिया खाजाको खर्च सहित कार्यक्रममा खटिने कर्मचारी र उपस्थित सबैको समय स्वाहा । समयको ख्याल गरेर कोही पछिल्लो बैठकको लागि आएका रैछन् भने नि कुर्दाकुर्दा थाकेर फर्कन्छन् । अधिकांस त यही ताल हुन्छ भनी आएका नै हुदैनन् । यो चक्र चलेको चल्यै।समय दुरुपयोगको यो दुष्चक्रलाई तोड्न सकौं, हामी सबैलाई शुभकामना । 

२. १५ मिनेट छुटको समयः
कार्यालय शुरु हुनु अगाडि हाजिरको लागि १५ मिनेट पछाडीसम्म हाजिर गर्न छुट दिने व्यवस्था प्राय कार्यालयहरूमा पाइन्छ । भैपरी आउनसक्ने समस्यालाई मध्यनजर गर्दै यस्ता व्यवस्था राखिएका हुन्छन् । यसलाई अधिकार वा जेथा नै सम्झेर सधै १०स्१५ को समयमा हाजिर हुने हो भने एक कर्मचारीको वर्षमा सरदर ७० घण्टा कार्यालयको समय खेर जानसक्ने रहेछ । यस निजामती सेवा दिवसबाट कमसेकम समय चुहावटको यस लुपहोललाई टाल्न सकौं, हामी सबैलाई शुभकामना ।   

३.जिम्मेवारी नदिएको समयः 
नयाँ नियुक्ति पछि पदस्थापनाको समयः निजामती सेवा प्रवेशको नियुक्ति वा कुनै पदमा नियुक्ति भएपछिको पदस्थापनाको समयः नियुक्ति दिइन्छ, नियुक्त भएको मितिबाट बमोजिम तलब र अन्य सुविधा भुक्तानी गरिन्छ तर पदस्थापना र जिम्मेवारीको लागि हप्तौ वा महिनौ वित्ने गर्दछ ।यसैगरी सरुवा पछिको पदस्थापना होस् वा लामो विदा पछिको पदस्थापना, सयौं कर्मचारी महिनौ जिम्मेवारीविहीन हुने गर्दछन् । समयस बरण्डा र कार्यालय चौरमा बितेको छ। यस निजामती दिवसदेखि समयमै जिम्मेवारी लिन अनि दिन सकौं, सबैलाई निजामती सेवा दिवसको शुभकामना। 

४.हा. टा. समयः 
हाजिर गर्ने, टाँप कस्ने । हाकिमकै अगाडि हा। टा। गर्ने व्यवस्था मिलाइदिनु पर्यो भन्ने कर्मचारी, मिलाई दिने वा आफै हा। टा। गर्ने हाकिम थुप्रै होलान् । हाजिर हेर्दा हाजिर पनि भएकै हुनेहुँदा यस्तो गर्ने के कति संख्यामा छन् कति कार्यालय समय यसरी नष्ट भएका छन् रु तथ्याङ्क नै निकाल्न सकिने रहेनछ । यसलाई सबैले आफ्नै मनमनै गुनौं र सच्चिऔं, सबैलाई शुभकामना ।  

५.विना कामको काज समयः 
कार्यालयको कुनै कामले कार्यालय बाहिर जानुपरेको अवस्थामा कर्मचारीको बस्ने र आउनेजाने खर्च कार्यालयले नै व्यहोर्ने गरी कर्मचारीलाई काम लगाइएको अवस्था । तर कार्यालयको काम विना आफुलाई पायक पर्ने ठाँउमा जानको लागि वा घरयासी काम निम्ट्याउनको लागि पनि काज प्रचलनमा रहदा कार्यालयले काम र कर्मचारी पनि नपाउने, सुविधा पनि भर्नुपर्ने कार्यालयलाई काम, समय र सुविधाको तेहेरो घाटा‘। यस्ता गलत संस्कृतिको अन्त्य गर्न सकौं, सबैलाई शुभकामना ।    

६. Zero Hour
खाना, खाजा, लुगाफाटा, श्रीमान् श्रीमती, बालबच्चा कुरा, साथी भाईका खुट्टा तान्ने र उचाल्ने अनि पछार्ने कुरा गर्दै सिनियरको कोठामा वित्ने गरेको हाजिर गरेपछिको पहिलो आधा घण्टा । कार्यालय प्रवेशको शुरुको समय  कार्यालयको काम हिजोको समीक्षा, आजको प्राथमिकता निर्धारण र बाँडफाँड, सुधारका साना(साना आइडिया र सोचले जिरो आवरको सदुपयोग गर्न सकौं हामि सबैलाई निजामती सेवा दिवसको शुभकामना । 

७. चिया, खाजा, खाना वा ब्रेक समयः  
शरिरलाई Recharge र दिमागलाई Restart र Refresh गर्ने समय । बैंक वा बैंक जस्तै प्रकृति बाहेकको कार्यालयमा प्रायः यस्ता समय छुट्याएको पाइदैन । कहिले दिनभरी अनावश्यक भेटघाटले क्यान्टिन मै बितेको पनि हुनसक्छ भने कहिले खाजा नै नखाई ६ बजे घर पुगिएको पनि हुनसक्छ । खाना र खाजा समय र गुणस्तर नमिलेर यसो हेर्दा बहुमत संख्याबाट – “दमाहा जत्रो पेट, ग्यास्ट्राइटिसले ग्याँस भरिदा सनई जस्तो करायो” भन्ने गरेको सुनिन्छ । यो निजामती सेवा दिवसदेखि खाना र खाजाको मात्रा र गुणस्तरसँगै खानारखाजा र ब्रेक समय (timing) को समेत व्यवस्थापन गर्दै शरिर सँधै Charged र दिमाग सधै Fresh राख्न सकौ, सबैलाई शुभकामना ।     

८.फेसबुके समयः 
उता जुगरवर्गले फेसबुक launched गरे, यता प्रयोगकर्ता बढ्दै गए । हामीले पनि शुरु गर्यौ चलाउन आफ्नो नेटवर्क बनाउन । फेसबुक सुरुवात भएको १५ वर्ष भएछ, आधाजसो कर्मचारीहरूले पनि चलाउन थालेको १० वर्ष त भयो होला, अहिले त प्राय सबैजसोले चलाउलान् । मानौ फेसबुकमा केही समय आवश्यक काम र सूचना प्रवाह र संचारकै लागि बितेको रहेछ भएपनि अधिकांस फेसबुके समय यत्तिकै व्यतित भएका छन् ।

समयको हिसाब न किताब‘ हेरेको हेर्यै, घोइरेको घोइर्यै । सुतेको, उठेको, खाएको, पिएको जस्ता पोष्टिङ र देखासिकीको लागि प्रयोग गर्न छोडी पेशागत र व्यक्तिगत जीवन सुधारका लागि फेसबुक जस्ता सामाजिक संजालको प्रयोग गर्न सकियोस्, सबैलाई शुभकामना।  

र त्यसबाट बचेखुचेको समय पनि ज्ञान, कार्यदक्षता र क्षमता न्यून, ज्ञान पनि छ, सीप र दक्षता नि छ भनेपनि मनोबल भुईमा थुचुक्कै बसेको छ, काम गर्ने जाँगर छैन । मनोबल उठाउने दायित्व भएका उल्टै सुताउन तिर उदृत हुँदा नतिजा पाँच प्रतिशत, का. स. मू. सय प्रतिशत । यसपालीको निजामती सेवा दिवसबाट समयको बहावलाई पछ्याउन सकौ, समय सन्दर्भसँगै ज्ञान, दक्षता र क्षमताको दायरा बढाउन सकौ, एक अर्काको साथ निभाउदै मनोबललाई उठाउन अनि हिडाउन सकौ, हामी सबैलाई शुभकामना । 

मेरो आज (निजामती सेवा दिवस, २०७६ को अघिल्लो दिन शनिवार) कम्तिमा मोवाइल स्क्रोलिङ गर्दै घण्टौ व्यतित गर्ने औलाहरू, फेसबुक र यु ट्यूवमा घण्टौ दौडने आँखाहरू, अनि घण्टौ वितेपछि  त्यो घण्टौ समय त वित्यो।। तर के कुरामा ? के उपलब्धीका लागि रु बित्यो भनी चाल नपाउने दिमाग आज निजामती कर्मचारी ९म समेत० ले अनावश्यक खर्च गरेको र गर्नसक्ने समयको पहिचान गर्नको लागि बितेको छ । यस निजामती सेवा दिवसबाट सबै तह र तप्काका हामी सबै कर्मचारीले कम्तिमा पनि आफुले तलब खाएको तर यस्तै यस्तै गरी खेर गएका वा जानसक्ने समयको पहिचान गरी कार्यालयको लागि सदुपयोग गर्न सकौं, हामी सबैलाई शुभकामना । 

समयस उ आफ्नै तालमा छ, आफ्नै चालमा छ । तर पनि कहिले झिमिक्कैमा बितेको लाग्ने, कहिले कति पट्यार लाग्दा पनि नबित्ने, बितिसके पछि खोजेर, किनेर, साटोफेरो वा अइचो पइचो केही गरे पनि नपाइने । अमूल्य छ समय, अमूल्य समयको हरपल सही उपयोग गर्न सकियोस् । निजामती सेवा दिवसको सबै कर्मचारी (म समेत) लाई शुभकामना !!

प्रतिक्रिया दिनुहोस