सुनको मूल्य घट्यो

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०७६, ११ : २६
सुनको मूल्य घट्यो

काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ ।

बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस