विदेशीले नेपालमा खाता खोलेर विदेशी मुद्रा मुद्धती निक्षेपमा राख्न पाउने

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०७६, ११ : १८
विदेशीले नेपालमा खाता खोलेर विदेशी मुद्रा मुद्धती निक्षेपमा राख्न पाउने

काठमाडौँ । विदेशीले पनि नेपालमा खाता खोलेर विदेशी मुद्रा मुद्धती निक्षेपमा राख्न पाउने भएका छन् । तर यस्तो विदेशी मुद्राको मुद्दती निक्षेप कम्तिमा २ वर्षको हुनुपर्नेछ ।

यस्ता खालको खाता विदेशी संस्था र गैरआवासीय नेपालीले खोल्न पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो खाता दुई वा दुई भन्दा बढी विदेशी सँस्था र गैर आवासीय नेपालीले संयुक्त रुपमा पनि खोल्न पाउनेछन् । 

यस्तो खाता खोल्न नेपाल सरकारबाट जारी भएको गैर आवासयि नेपालीको परिचयपत्र हुनुपर्नेछ । र यो परिचयपत्र नविकरण गरेको हुनुपर्नेछ । तर विदेशी निक्षेपकर्ताको  हकमा संस्थाको सञ्चालक समितिले खाता खोल्न गरेको निर्णय समावेश गराउनुपर्नेछ ।

खाता अमेरीकी डलर, पाउण्डस्टलिङ, युरो, अष्ट्रेलियन डलर, कयानेडियन डलरमा खोल्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकले १६ वटा शर्त राखेको छ ।

प्रतिक्रिया दिनुहोस