फेरी बढ्यो सुनचाँदीको मुल्य

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, ११ : १९
फेरी बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं । बुधबार सुन र चाँदीको भाउ बढेको छ । मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ । यसैगरी मंगलबार तोलामा रु ८९५ मा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा रु ९४० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस