चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०७६, १६ : १६
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका छन् । 

पाँचदिने भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि  चिनियाँ राष्ट्रपति सी जिनपिङ ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ ।

यसअघि चिनियाँ प्रधानमन्त्री वेन जिया बाओले सन् २०१२ मा नेपाल भ्रमण गरेका थिए । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा उनी करीब ५ घण्टा काठमाडौमा रहेका थिए ।

बनारसमा भेट हुनेछ सी र मोदीको
भारतीय अनलाइन मिडिया पञ्जाब केसरी डट इनका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई वनारसमा भेट गर्ने छन् । भारतीय प्रधानमन्त्री मोदलिे उनको चुनावी क्षेत्र वनारसमा चिनियाँ राष्ट्रपति सीको स्वागत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस