भारतलाई पाकिस्तानका प्रधानमन्त्रीको चेतावनी

‘कश्मीर मुद्धाले लडाईको रुप लियो भने आफुहरु जुनकुनै हदमा पनि जान्छौं’

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०७६, ०९ : ३६
भारतलाई पाकिस्तानका प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । कास्मिरका विषयमा संयुक्त राष्ट्रसंघको धारणालाई पर्ख र हेरको नीतिमा रहेको पाकिस्तानले आवश्यक परे जनुकुनै हदसम्म जाने चेतावनी दिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशवासीका नाममा सम्बोधन गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।

सवा अर्ब जनसंख्या रहेका मुसलमानहरुले संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मदत गर्छ कि गर्दैन भनेर अहिले आफुहरुले हेरी बसेको तर कश्मीर मुद्धाले लडाईको रुप लियो भने आफुहरु जुनकुनै हदमा समेत जाने चेतावनी दिएका हुन ।

‘यदि कश्मीर मुद्धाले लडाइँको रुप लियो भने याद रहोस् दुवै मुलुक परमाणु शक्ति सम्पन्न छन् । हामी कुनै पनि हदसम्म जान सक्छौं ।’ प्रधानमन्त्री इमरान खानले चेतावनी दिँदै भनेका छन् ।

खनको यस्तो प्रतिक्रियाको भारतले कुनै जवाफ फर्काई हालेको भने छैन । कश्मीरी जनता संकटमा रहेको भन्दै प्रधानमन्त्री इमरान खानले आज राष्टसंघमा कस्मीर जनताको राजदुत बनेर आफुले कुरा उठाउने समेत वताएका छन् । उनले भने, ‘म आफैं कश्मीरको राजदूत बनेर सारा दुनियाँमा कुरा उठाउने छु । २७ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा कश्मीरको अवस्थाबारे जानकारी गराउने छु ।’

यसबारे पूरै पाकिस्तानमा १२ बजेदेखि साढे १२ बजेसम्म आधा घण्टा बाहिर निस्किएर कश्मीरको बारेमा पनि बताउने प्रधानमन्त्री खानले वताए ।

भारतले संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खोसेपछि यो पाकिस्तानले यो विषयमा राष्टसंघलाई आफनो धारणा सार्वजनिक गर्न दबाब बढाईहरेको छ ।

कट्टर हिन्दुवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को योजनाअनुसार भारतले कश्मीर मद्धामा कुरै गर्न नचाहेको पाकिस्तानका प्रधानमन्त्रीको भनाई छ ।

आरएसएस भारतको एक हिन्दु राष्ट्रवादी, अर्धसैनिक स्वयंसेवक संगठन हो, जुन सत्तारुढ भारतीय जनता पार्टीको भातृ संस्था मानिन्छ ।

पाकिस्तानका प्रधानमन्त्रीको यो पछिल्लो अभिब्यक्तिले दक्षिण एसियाको राजनीतिमा थप नयाँ राजनीतिक मोड लिने सम्भावना देखिएको छ । भारतले यो भनाईमा कस्तो प्रतिक्रिया दिन्छ अहिले त्यसको पनि पखाई हुन थालेको छ । दुई देशबीच बढ्दो तनावले यी दुवै देशका छिमेकमा समेत चासो र चिन्ता बढेको छ । 

प्रतिक्रिया दिनुहोस