नेकपाको विद्यार्थी संगठनमा असन्तुष्टि चुलियो

संयोजक महरले एकलौटी गर्न खोजेको भन्दै साविक माओवादी र एमालेको माधव नेपाल पक्षका विद्यार्थी नेताबीच गठजोड बन्दै

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०७६, ०८ : ०७
नेकपाको विद्यार्थी संगठनमा असन्तुष्टि चुलियो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनमा असन्तुष्टि चुलिएको छ । पार्टीले संयोजक र सहसंयोजक मात्र तोकेपनि संगठनको सचिवालय निर्माण देखि केन्द्रीय समिति सम्म पनि अहिले वन्न सकेको छैन ।

भर्खरै मात्र पार्टीले संगठनको फ्याक्सन इन्चार्जका रुपमा नेता हितमान शाक्य र सहइन्चार्जका रुपमा विनोद ढकाललाई जिम्मेवारी दिएको छ । संगठनले संयोजक÷सहसंयोजक पाएको तीन महिनासम्म पनि संगठनको एकीकरणका सन्र्दभमा कुनै ठोस निश्र्कष तिर बढ्न नसकेको विद्यार्थी संगठनमा संयोजक ऐन महरले आफुखुसी गर्न थालेपछि असन्तुष्टि चुलिन थालेको छ ।

पार्टीकै प्रभावशाली मानिने विद्यार्थी संगठनभित्रको यो असन्तुष्टिले फेरि अराजकता निम्ताउने आशंका विद्यार्थी नेताहरुले गर्न थालेका छन् । संयोजक महरले सहसंयोजक रन्जित तामाङसँग कुनै परामर्श बिनै कतिपय निर्णयहरु लिन थालेपछि विवाद निम्तिएको हो । उनले पूर्व माओवादी वृतका विद्यार्थी नेताहरुसँग त कुरै छोडौं, पूर्व एमाले निकट विद्यार्थीकै पदाधिकारीसँग पनि आवश्यक परामर्श बिनै संगनठमा एकलौटी गनृ थालेको आरोप लागेको छ ।

कसैसँग परामर्श नै नगरी अझ केन्द्रमा एकता प्रक्रिया नै नटुंग्याउदै उनले कतिपय क्याम्पसमा कार्यवाहक अध्यक्ष तोकेर परिचालन गर्न थालेपछि विवाद बढेको हो । महर प्रमुख अतिथि बनेरै गएका कतिपय कार्यक्रममा नै पूर्व एमालेकै विद्यार्थी संगनठका नेताहरुले नै उनी वोल्दा बोल्दै माइक खोस्ने देखि फाल्ने सम्मको हर्कत हुन थालेको छ ।

साउन २९ मा ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन एण्ड टेक्नोलोजी कलेजमा आयोजित प्रशिक्षण कार्यक्रममा महर प्रुमख अतिथि वन्न पुगेका थिए । तर उक्त कार्यक्रम आयोजना गर्दा त्यहाँकै विद्यार्थी नेताहरुसँग परामर्श विनै महरले कार्यक्रम राखेपछि विवाद निम्तेको विद्यार्थी नेताहरु वताउँछन् ।

अहिले अखिलमा महर निकट विद्यार्थी नेताहरु एकातिर र पूर्व माओवादी निकट विद्यार्थी संगठन र एमाले निकटका पनि माधव नेपाल पक्षका नेताहरु अर्कातिर धुव्रिकृत हुने क्रम पनि बढेको छ । संगठन एकताकै क्रममा साविक अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङलाई अपमान हुने गरी सहसंयोजक र साविक अखिलका महासचिव रहेका महरलाई संयोजक बनाएदेखि नै विद्यार्थी संगनठमा असन्तुष्टि चुलिएको थियो ।

त्यसमाथी महरले आफुखुसी कलेजहरुमा कार्यवाहक अध्यक्ष तोक्ने, कसैसँग परामर्श नगरी कार्यक्रमहरु बनाउन थाल्ने गरेपछि विवाद उग्र हुदै जान थालेको छ ।

पार्टीले फ्याक्सन इन्चार्ज वनाएका शाक्य र सहइन्चार्ज ढकालबीच भने एकचरण छलफल पछि मात्र संयोजक सहसंयोजकलाई बोलाई केन्द्रको एकता प्रक्रियामा छलफल गर्ने नीति बनाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस