अदालतले भन्यो– शालिकरामले अर्को कुनै व्यक्तिको सहयोगमा भिडियो रेकर्ड गरेको देखिन्छ (आदेशको पूर्णपाठ)

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, २१ : १०
अदालतले भन्यो– शालिकरामले अर्को कुनै व्यक्तिको सहयोगमा भिडियो रेकर्ड गरेको देखिन्छ (आदेशको पूर्णपाठ)

काठमाडौं । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गराएको भिडियोलाई शंकाको दृष्टिले हेरेको छ । 
आदालतले दुरुत्साहनको आरोप लागेका रवि लामिछानेलाई ५ लाख र युवराज कार्कीलाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको भएपनि शालिकरामको भिडियोलाई शंकाको दृष्टिले हेरेको हो । 
अदालतको आदेशमा मर्नुअघि परिवारको सदस्यसँग माफी माग्दै शालिकरामले दुई हात जोड्नुले उनी एक्लैले भिडियो खिचेको  मान्न नसकिने उल्लेख गरिएको छ । अदालतले पुडासैनिकले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिएको ठहर गरेको छ । 
यद्यपि प्रविधिको यो जमानामा अरु कुनै प्रविधिको प्रयोग गरेर एक्कलैले भिडियो खिचेको हुनसक्नेतर्फ भने अदालत मौन छ । 
आदेशमा रवि लामिछाने, युवराज कँडेल र पुडासैनीका साथै पे्रमिका भनिएकी अस्मिता कार्कीबीच मोबाइलमा कुराकानी भइरहनु कुनै अस्वभावित नभएको तर कल रेकर्ड उपलब्ध नभएकाले के के कुराकानी भयो भन्नेमा आधारहरु नपाइएको उल्लेख गरिएको छ । 
पुडासैनीको आत्महत्या भनिएपनि मृतकको लाशमा घाउचोट समेत देखिनुले के कसरी घाउचोट भएको हो भन्नेबारे अनुसन्धानबाट केही खुल्न नसकेको औंल्याइएको छ । 
भिडियोमा शालिकरामले लगाएको अभिकांश आरोपहरुबारे आधार पुग्न नसकेको पनि आदेशमा भनिएको छ । 
यद्यपि अश्मिता कार्की साधारण तारेखमा रिहा भएपनि लामिछाने र कँडेल विदेश जान परेको अवस्थामा अदालतको अनुमति चाहिने भएको छ भने मुद्दालाई प्रभावित हुनेगरी कुनै पनि माध्यमबाट बोल्न र प्रशारण गर्न नपाइने उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस