रवि लामिछानेले सिधाकुरा जनतासँग कार्यक्रममा मुद्दाबारे बोल्न नपाउने !

विदेश जान स्वीकृति लिनुपर्ने

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, १८ : ५८
रवि लामिछानेले  सिधाकुरा जनतासँग कार्यक्रममा मुद्दाबारे बोल्न नपाउने !

फाईल फोटो

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा छुटेका छन् ।
लामिछानेले सार्वजनिक कार्यक्रमसमेत गर्न नपाउने भएका छन् । अदालतको अनुमतिमा लामिछानेले यूटुब टेलिफोन वा अन्य सञ्चार माध्यमबाट शालिकराम मृत्यु प्रकरण र  यस मुद्दासम्बन्धी कुनै कार्यक्रम चलाउन नपाउने गरी फैसला भएको छ । 
रवि र युवराजलाई विदेशमा जानुअघि अदालतसँग स्वीकृत लिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस