होटल सञ्चालकले दिए शालिकराम मर्दा केही थाहा नभएको बयान

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, १५ : ४१
होटल सञ्चालकले दिए शालिकराम मर्दा केही थाहा नभएको बयान

काठमाडौं l पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा भरतपुर महानगरपालिका वडा नम्बर १ स्गित होटल कंगारुका सञ्चालक यज्ञ बहादुर कार्कीले घटना के कसरी भयो भन्नेबारे आफूलाई केही थाहा नभएको बयान दिएका छन् ।

कार्कीले पुडासैनी साउन २० गते साढे ३ बजे १०२ नम्बरको कोठा बुक गराएर बसेको बताएका छन् । पछि साँझ ६ बजेतिर खानाको अर्डर लिएको उनलाई साढे ८ बजेतिर खाना खान बोलाउँदा नउठेको उनले बयान दिएका छन् । ‘उनको बयानमा भनिएको छ, ‘खाना खान बोलाउनलाई म समेतले ढोका ढक ढक गरी धेरैपल्ट बोलाउँदा समेत नबोलेकाले वरपरका मानिस तथा प्रहरी समेतलाई बोलाई ढोका खोली हेर्दा निज शालिकराम पुडासैनी उक्त कोठाको सिलिङ पंखामा डोरीको पासो लगाइ झुण्डी मृत अवस्थामा देखेको हो । सो घटना के कसरी भयो थाहा भएन ।’

सोही होटलमा कार्यरत महादेव खत्रीले पनि सोही व्यहोराको बयान दिएका छन् । उनको बयानमा भनिएको छ, ‘खाना खान बोलाउनलाई म तथा होटल साहु समेतले ढोका ढक ढक गरी धेरै पल्ट बोलाउँदा समेत नबोलेकाले वरपरका मानिस तथा प्रहरी समेतलाई बोलाई ढोका खोली हेर्दा निक उक्त कोठाको सिलिङ पंखामा डोरीको पासो लगाइ झ्ण्डी मृत अवस्थामा देखेको हो ।’

प्रतिक्रिया दिनुहोस