युवराजको बयान जारी, त्यसपछि रविको पालो

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, १२ : ०३
युवराजको बयान जारी, त्यसपछि रविको पालो

चितवन । पत्रकार सालिकराम मृत्यु प्रकरणका आरोपी युवराज कंडेलको बयान चलीरहेको छ । आत्महत्या दुरुत्साहन मुद्धाका आरोपी रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्किलाई आज विहान १० बजेपछि चितवन जिल्ला अदालतमा उपस्थित गराईएको हो । 

उनिहरुको बयान जिल्ला अदालतका मुख्य न्यायधिस हेमन्त रावलको इजलासमा चलिरहेको छ । युवराजको बयान सकिएपछि तत्कालै रविको बयान सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमनी गीरीले बताए । 

यसअघि हिजो अस्मिताको बयान लिईएको थियो । हिजो समय अभावका कारण रवि र युवराजको आज मात्रै बयान लिईरहेको हो । बयान सकिएपछि आजै बहस हुने जनाईएको छ । बहस सकिएपछि अदालतले आजै उनिहरुलाई रिहा गर्ने वा पुर्पक्षका लागी कारागार चलान गर्ने भन्ने आदेश दिनेछ । 

पुडासैनि मृत्यु प्रकरणमा उनिहरु तिनै जनाविरुद्ध आत्महत्या दुरुत्साहत मुद्धा दर्ता भएको छ । मुलुकी अपराद संहिताको दफा १८५ अनुसार ५ वर्ष कैद र ५० हजार जरीमानाको माग गर्दै हिजो अदालतमा मुद्धा दर्ता गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस