सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७३ हजार ५००

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, ११ : ०३
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७३ हजार ५००

काठमाडौं । नेपाली बजारमा सुनले नयाँ कीर्तीमान कायम गरेको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै यो बिन्दुमा आइपुगेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो । यस्तै छापावाल सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस