प्रचण्ड–माधव नेपाल खुमलटारमा भेटवार्ता

आन्तरिक छलफलपछि सचिवालय बैठक दिउसो ११ वजेलाइ सारियो

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, ०८ : ४४
प्रचण्ड–माधव नेपाल खुमलटारमा भेटवार्ता

काठमाडौं । पार्टीमा एक्लिदै गएपछि पर्ख र हेरको नीतिमा रहन खोजेका वरिष्ठ नेता माधव नेपाल पक्षले नेताहरुसँग बिग्रेको सम्वन्ध सुधारको प्रयास गरिरहेको छ । खासगरी प्रधानमन्त्री समेत रहेका केपी ओलीसँग सम्बन्ध विग्रेको छ ।

त्यसको सुधारका लागि वरिष्ठ नेता नेपालले आफु निकट नेताहरुमार्फत पहल गरिरहेका छन भने पार्टीका अध्यक्ष प्रचण्डसँग पनि सम्वन्ध सुधारको पहल लिईदिन र समन्वयकारी भूमिका खेलिदिन आग्रह गरिरहेका छन् ।

अध्यक्ष प्रचण्डले पनि पार्टीमा ओली र नेपालका बीचमा देखिएको असमझदारी हटाउनका लागि भूमिका खेलिरहेका छन् ।

नेकपाले आज सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठकमा नेताहरुका बीचमा देखिएको असमझदारीलाई साम्य पार्ने काममा पनि नेताहरु अहिले जुटिरहेका छन् ।

त्यही मेसोमा सचिवालय बैठक अगाडी खुमलटारमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच  भेटवार्ता भएको छ । 

सचिवालय बैठक अगाडी  भएको प्रचण्ड नेपाल भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपामा नेता नेपालले ७ वुँदे फरक मत राखेका छन् । उनले आफनो वरियता घटाउने देखि कार्यविभाजनमा आफु पक्षका नेताहरुलाई पेल्ने रणनीति ओलीले लिएको आरोप लगाउदै आएका छन् । आफनो फरक मतलाई तलसम्म लैजान खोजेका नेपालले ओलीको स्वदेश फर्केपछिको कदम पछि मात्र आफनो नयाँ रणनीति बनाएर जाने सोचाई बनाएको उनी निकट नेताहरुको भनाई छ । त्यसका लागि नेपाल अहिले ओली स्वदेश आउदा सम्म पर्ख र हेरको नीतिमा छन् । यसैबिच सचिवालय बैठक दिउसो ११ बजेलाइ सारिएको छ । 

प्रतिक्रिया दिनुहोस